तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
nepalviews.com · Sat Jul 25 12:59:19 GMT 2026
काठमाडौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले हाइनान कप अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्णसहित दुई पदक दिलाएकी छिन् ।
चीनको हाइनान प्रदेशस्थित हाइकाउ शहरको तुनचाङ काउन्टी रङ्गशालामा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधामा स्वर्ण र क्योरुगी विधामा दोस्रो हुँदै रजत पदक जितेकी हुन् । उक्त प्रतियोगितामा दक्षिण कोरिया, फिलिपिन्स, इन्डोनेसिया, सिङ्गापुर, मलेसिया, बङ्गलादेश, थाइल्यान्ड, भियतनाम, हङकङ, पाकिस्तानलगायत देशका खेलाडीको सहभागिता रहेको थियो ।
Read full story at source (nepalviews.com)