कृष्णभीरमा सडक भाँसियो : मुग्लिङ–काठमाडौँ सडकखण्ड अवरुद्ध
ratopati.com · Sun Aug 30 03:08:04 GMT 2026

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको हो।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएका कारण अहिले दुवैतर्फबाट सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन। सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने र मुग्लिङ हुँदै काठमाडौँ भित्रिने सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।
Read full story at source (ratopati.com)