आकाशे पानीकै भरमा किसान, लुम्बिनीमा अझै सकिएन धान रोपाइँ
shilapatra.com · Sat Jul 25 13:11:00 GMT 2026

साउनको पहिलो साता सकिँदासम्म धान उत्पादनका लागि उर्वर भूमि मानिने लुम्बिनी प्रदेशमा ११ प्रतिशत खेतमा अझै धान रोप्न बाँकी छ । शुक्रबारसम्मको तथ्यांकअनुसार प्रदेशभर झण्डै ८९ प्रतिशत धान रोपाइँ सकिएको कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेले जानकारी दिए ।
उनका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा कुल ६ लाख ७९ हजार ६१३ हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये ३ लाख एक हजार ३७२ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार धान खेती हुने जमिनमध्ये ८८.९९ प्रतिशत अर्थात् २ लाख ६८ हजार १९७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
Read full story at source (shilapatra.com)