शेयरमा डुबेपछि रश्मीद्वारा आत्मदाह
nepalpress.com · Sat Jul 25 13:14:44 GMT 2026

काठमाडौँ । शेयर कारोबार खस्किएपछि निराश हुँदै आएकी ४५ वर्षिया रश्मी रिजालले आत्मदाह गरेकी छन् । तारकेश्वरको साङ्गलाखोला–पटापुमा कारभित्र उनी मृत फेला परेकी हुन् ।
सीसीटीभी फुटेज विश्लेषणपछि उनले आफैंले चलाएको गाडी पार्किङ गरेर गाडीभित्रै आगो लगाएको प्रहरीले जनाएको छ । पारिवारिकस्रोतका अनुसार उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा कम्प्लायन्स अफिसर तथा प्रवक्ता रूपमा कार्यरत थिइन् । शेयर कारोबारमा मन्दी आएदेखि नै उनको व्यवहार अस्थिर तथा तनावयुक्त थियो ।
Read full story at source (nepalpress.com)