गण्डकीको गाँजा विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाइदिए
rajdhanidaily.com · Sat Jul 25 13:40:37 GMT 2026

पोखरा । गण्डकी प्रदेश सभाबाट पारित भएको गाँजा विधेयक प्रदेश प्रमुखले फिर्ता पठाइदिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले पुनर्विचारका लागि भन्दै प्रदेश सभामै फिर्ता पठाइदिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिए ।
गत २५ असारमा प्रदेश सभाबाट ‘औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको थियो । विधेयक प्रमाणीकरणका लागि गत ३० असारमा प्रदेश प्रमुखसमक्ष पठाइएकोमा प्रदेश प्रमुख भट्टले नेपालको संविधान र संघीय कानूनसँग बाँझिएको भन्दै संविधानको धारा २०१ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि सन्देशसहित ८ साउनमा प्रदेश सभामै फिर्ता पठाइदिएका हुन् ।
Read full story at source (rajdhanidaily.com)