नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय ‘सडेस्को’ परीक्षा, विश्वस्तरीय सौन्दर्य शिक्षामा ऐतिहासिक फड्को
nagariknews.nagariknetwork.com · Sat Jul 25 13:35:23 GMT 2026

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त सडेस्को मेक अप र ब्युटीको डिप्लोमा परीक्षा आयोजना भएको छ। परीक्षामा मेकअपतर्फ ८ जना र ब्युटीतर्फ ९ जना गरी १७ जना विद्यार्थी सहभागी छन्।
ब्युटी विशेषतः बडी केयर र स्कीन केयरसम्बन्धी परीक्षा सञ्चालन हुन लागेको हो । विश्वका ४० भन्दा बढी देशमा मान्यता प्राप्त सौन्दर्य शिक्षा तथा व्यावसायिक योग्यताको उच्चतम मापदण्ड मानिने सडेस्को परीक्षा अन्तर्गत शनिबार सैद्धान्तिक परीक्षा सम्पन्न भयो । ब्युटीतर्फको प्रयोगात्मक परीक्षा साउन ११ र मेकअप तर्फको प्रयोगात्मक परीक्षा साउन १२ मा हुनेछ ।
Read full story at source (nagariknews.nagariknetwork.com)