खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु
baahrakhari.com · Sat Jul 25 13:43:22 GMT 2026

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४, हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । शनिबार (साउन ९) दिउँसो हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जोशीपुर गाउँपालिका–२ घर भएका चौधरी धनगढी उपमहानगरपालिका–७, मनेहरामा बस्दै आएका थिए । साथीहरूसँग पौडी खेलिरहेका चौधरी डुबेको देखेपछि उद्धार गरी उपचारका निम्ति निःसर्ग अस्पतालमा पुर्याइएको थियो ।
Read full story at source (baahrakhari.com)