अनशनरत गोविन्द केसी सरकारी वार्ता टोलीको भेट
nepalviews.com · Sat Jul 25 13:50:50 GMT 2026

धनगढी । धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा गठित समिति धनगढी पुगेको छ । समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्य रहेका छन् । संयोजक अग्रवालसहित वार्ता टोलीका तीनै जना डा. केसीलाई भेट्न धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुगेका छन् ।
सरकारले खटाएको वार्ताटोलीले डा. केसीसँग अनौपचारिक छलफल गरे पनि औपचारिक वार्ता भने नभएको डा. गोविन्द केसीका स्वास्थ्य सहयोगी डा. अमृत जैसीले बताए ।
Read full story at source (nepalviews.com)