विवेकले आवेगलाई लगाम लगाउन सक्नु पर्छ !
shilapatra.com · Sat Jul 25 13:49:00 GMT 2026

मानव सभ्यताको विकाससँगै विज्ञान, प्रविधि, कानुन र सामाजिक व्यवस्थामा अभूतपूर्व परिवर्तन आएको छ । मानिस चन्द्रमासम्म पुगिसकेको छ र आज कृत्रिम बुद्धिमत्ताको युगमा बाँचिरहेको छ । तर, एउटा कुरा भने हजारौँ वर्षदेखि उस्तै छ, आफ्नो रिस र आवेगलाई नियन्त्रण गर्ने क्षमता ।
इतिहास हेर्दा धेरै हत्या, हिंसा, पारिवारिक विछोड, झगडा र अपराध कुनै योजनाबद्ध षड्यन्त्रका कारण मात्र भएका होइनन् । तीमध्ये धेरै घटना केही क्षणको अनियन्त्रित रिस र आवेगका कारण भएका छन् । त्यसैले यदि मानिसले रिस उठेको बेला केवल ३० सेकेन्ड आफूलाई रोक्न सक्ने बानी बसालेको भए, के संसारमा हुने धेरै हिंसा र अपराध कम हुन सक्दैनथ्यो ? भन्ने एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ ।
Read full story at source (shilapatra.com)