सुरुङमै अड्क्यो उद्धार : ४ दिनपछि चीन र भारतका विज्ञ टोली टनेलमा
annapurnapost.com · Sun Aug 30 03:05:09 GMT 2026

काठमाडौं : भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको उद्धार जटिल बन्दै गएको छ। घटनाको ४ दिन बितिसक्दा पनि सयौं कामदार अझै सम्पर्कविहीन छन् भने सुरुङभित्रसम्म पुग्नै कठिन भएपछि विद्युतीय टनेलभित्रको उद्धार कार्य अघि बढ्न सकेको छैन।
स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल इपानका अनुसार प्रभावित क्षेत्रमा रहेका हाइड्रो प्रोजेक्टहरूमा काम गर्ने करिब ९ सय ३० भन्दा बढी कामदार अझै बेपत्ता छन्। पाँच प्रमुख आयोजनाबाट मात्रै २ सय १५ भन्दा बढी कर्मचारी सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। अप्पर त्रिशूली क्षेत्रबाट करिब ३५० जनालाई टनेलबाट उद्धार गरिएको भए पनि रसुवागढी, लाङटाङ खोलालगायतका आयोजनामा अझै दर्जनौं कामदारको अवस्था अज्ञात छ। इपानका अनुसार रसुवागढी (१११ मेगावाट) जलविद्युत् आयोजनामा कम्तीमा ५१ कर्मचारी सम्पर्कविहीन छन्। हेडवक्र्स क्षेत्रमा कार्यरत केहीले ज्यान जोगाए पनि अधिकांशसँग सम्पर्क टुटेको छ।
Read full story at source (annapurnapost.com)