रसुवागढीबाट आएको विद्युतीय गाडी त्रिशूली नदीमा खस्यो, चालक बेपत्ता
annapurnapost.com · Sat Jul 25 14:13:08 GMT 2026

रसुवा : रसुवागढी नाकाबाट भित्रिएको नयाँ इभी गाडी नदीमा खसेर बेपत्ता भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आज साँझ ५:४० बजे गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसी बजार कटेर पुल तरेपछि गाडी त्रिशूली नदीमा खसेको हो।
गाडी नम्बर र चालकको नाम नखुलेको प्रहरीले जनाएको छ। बेपत्ता गाडी र चालकको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली खटिएको छ।
Read full story at source (annapurnapost.com)