डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
ratopati.com · Sat Jul 25 14:18:24 GMT 2026

काठमाडौँ । अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने छ । शनिबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्। तर वार्ता टोलीका अन्य सदस्य आएपछि भोलि वार्ता हुने भएको हो ।
शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो।
Read full story at source (ratopati.com)