रसुवास्थित भोटेकोशी नदी ईभी गाडी खस्यो, चालकसहित बेपत्ता
onlinekhabar.com · Sat Jul 25 14:15:13 GMT 2026

९ साउन, काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा सडकबाट भोटेकोशी नदीमा खसेर एक ईभी गाडी चालकसहित बेपत्ता भएको छ । शनिबार साँझ ५:४० बजेतिर स्याफ्रबेँसीबाट धुन्चेतर्फ आउन लागेको अनटेस्ट ईभी गाडी एकाएक सडकबाट खसेको हो ।
उक्त गाडी खसेको भिडिओ चिलिमे जलविद्युत् केन्द्रको सीसीटीभीबाट कैद भएको थियो । सो भिडिओ अहिले सामाजिक सञ्जालमा छाएको छ ।
Read full story at source (onlinekhabar.com)