पर्यटकीय गन्तव्य बन्दै नागेपोखरी
gorkhapatraonline.com · Sun Jun 07 04:05:01 GMT 2026

सुलीकोट, जेठ २४ गते । समुद्री सतहबाट तीन हजार २५५ मिटर उचाइमा रहेको नागेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । गोरखाको अजिरकोट गाउँपालिका–१ मा अवस्थित यो रमणीय स्थल प्राकृतिक सौन्दर्य, शीतल वातावरण र धार्मिक महत्त्वका कारण पर्यटकको रोजाइमा पर्न थालेको हो ।
विशेष गरी गर्मी मौसम सुरु भएसँगै तराई तथा भित्री मधेशका विभिन्न जिल्लाबाट नागेपोखरी पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । अत्यधिक गर्मीबाट राहत पाउन शीतल हावापानी र मनोरम प्राकृतिक दृश्यको खोजीमा आउने पर्यटकका लागि नागेपोखरी उत्कृष्ट गन्तव्य बनेको स्थानीयले बताएका छन् ।
Read full story at source (gorkhapatraonline.com)