एसियन गेम्स छनोट : ओमानमाथि सानदार जित निकाल्दै नेपाल फाइनलमा
himalpress.com · Sun Jun 07 04:02:11 GMT 2026
काठमाडौँ- एसियन गेम्स छनोटमा ओमानमाथि सानदार जित निकाल्दै नेपाली पुरुष टोली फाइनल पुगेको छ। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्यलाई नेपालले ९ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा पुर्यायो।
सिंगापुर नेस्नल क्रिकेट गाउन्डमा टस जितेर ब्याटिङ गरेको ओमान १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ९४ रन जोडेको थियो। नेपालका लागि लोकेश बलमे सर्वाधिक ४४ रन बनाए। ओपनर कुशल भुर्तेल २१ मा आउट हुँदा अर्का ओपनर आसिफ शेख १ रन थपेर बाहिरिए। तेस्रो ब्याटरका रूपमा क्रिजमा आएका पूर्वकप्तान रोहितकुमार पौडेलले २० बलमा २१ रन बनाए।
Read full story at source (himalpress.com)