आमाका आँसु सुकिसके, दीपक अझै बेखबर
annapurnapost.com · Sun Aug 30 03:18:51 GMT 2026

नेपालगन्ज: छोरा दीपक रोकाय बेपत्ता भएको ५ दिन भयो, आमा कर्णसरी रोकायका आँखा ओभाएका छैनन्। रुँदारुँदै आँसु सुकिसकेका छन्, तर छोराको कुनै अत्तोपत्तो छैन। ४ दिनदेखि कर्णसरीको मनमा एउटै आशा छ— कतैबाट दीपक सकुशल रहेको खबर आइहालोस्। भोटेकोशीमा आएको विनाशकारी बाढीमा दीपक बेपत्ता छन्।
घरको आँगनमा कोही अपरिचित मानिस देखिए पनि आमा कर्णसरीको मनमा लाग्छ, ‘कतै छोराको खबर लिएर त आएका होइनन् ? ’ आँगनमा कसैको पाइला पर्नेबित्तिकै छिमेकीहरू पनि हुर्रिँदै आइपुग्छन्। सबैको एउटै चासो हुन्छ, ‘दीपकको खबर आयो कि आएन ?’‘मन सारै आत्तिएको छ। कोही मानिस आउँदा कतै छोराको खबर पो आयो कि जस्तो लाग्छ। सकुशल भएको खबर सुन्न मन आतुर हुन्छ,’ कर्णसरी भन्छिन्।
Read full story at source (annapurnapost.com)