हामी सरकारको विरोध गरिरहन्छौंः बिजुक्छे
nagariknews.nagariknetwork.com · Sat Jul 25 14:45:55 GMT 2026

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार नभई पनि नहुने र भएर पनि नहुने बताएका छन् । सरकार नभए पनि नहुने र तर भए पनि हालको सरकार भारत र अमेरिकाले बनाइदिएको आरोप लगाएका छन् । त्यही कारण सरकारको निरन्तर विरोध गरिरहने उनले जानकारी गराए ।
निओ फ्युजन स्कुल अफ कम्प्युटर भक्तपुरको २१ औँ वार्षिक उत्सवको शनिबार भक्तपुरमा उदघाटन गर्दै अध्यक्ष बिजुक्छेले अहिलेको सरकार भारत र अमेरिकी सरकारको प्रभावमा बनेको दाबी गरे । उनले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूलाई राज्य सञ्चालन, नीति निर्माण र संसदीय अभ्यासबारे पर्याप्त ज्ञान नभएको टिप्पणी पनि गरे । के बोल्ने र के नबोल्ने भन्ने विषयमा समेत उनीहरू अनभिज्ञ छन्, उनले भने ।
Read full story at source (nagariknews.nagariknetwork.com)