शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
nepalnews.com · Sat Jul 25 15:13:30 GMT 2026

नयाँ दिल्ली। भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा आन्दोलनरत कक्रोच जनता पार्टी (सिजेपी) ले शनिबार आन्दोलनलाई फिर्ता लिएको छ । सिजेपीले सरकारबाट अन्य मागहरू पनि समाधान गर्ने सरकारले आश्वासन दिएपछि जन्तर मन्तरमा ३७ दिनदेखि चलिरहेको आन्दोलन फिर्ता लिएको हो।
राजधानीको संविधान क्लबमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सीजेपीका मुख्य प्रवक्ता सौरव दासले भने, “हामी सहमति भएका सर्तहरू सहमति भएका समयसीमाभित्र कार्यान्वयन हुनेछन् भन्ने बुझाइका साथ सिजेपीले सद्भावनामा आन्दोलन फिर्ता लिन्छ ।”
Read full story at source (nepalnews.com)