रिसोर्टमा करेन्ट लागेर मृत्यु भएका युवकको परिवारलाई २० लाख क्षतिपूर्ति
annapurnapost.com · Sat Jul 25 15:09:47 GMT 2026

काभ्रे : धुलिखेलमा रहेको हिमालयन दृश्य रिसोर्टमा शुक्रबार करेन्ट लागेर मृत्यु भएका युवकको परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ।
साथीहरूसँग धुलिखेल घुम्न आएका २९ वर्षीय डेनिस प्रधानको शुक्रबार करेन्ट लागेर मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन बिष्टका अनुसार २० घण्टाको वार्तापछि पीडित परिवार र होटल सञ्चालकबीच सहमति भएको हो।
Read full story at source (annapurnapost.com)