भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
newspolar.com · Sat Jul 25 15:14:32 GMT 2026

झापा। झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज दिउँसो करिब २ः०० बजे लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक विवेक कटुवाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी सहायक निरीक्षक सरोज श्रेष्ठको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–११ शिवालय निवासी २१ वर्षीय विवेक जबेगुलाई पक्राउ गरेको हो ।
Read full story at source (newspolar.com)