पत्रकार धम्की र दुर्व्यवहारप्रति प्रेस चाैतारीकाे आपत्ति
nepalpress.com · Sat Jul 25 15:21:39 GMT 2026

काठमाडौँ । प्रेस चौतारी नेपालले आफ्ना केन्द्रीय सदस्य तथा श्रमजीवी पत्रकार सुमन ढुङ्गानालाई समाचार प्रकाशनका विषयलाई लिएर धम्की र दुर्व्यवहार गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासचिव हिरामान लामाद्वारा शनिबार जारी विज्ञप्तिमा पोखरा महानगरपालिका–३३ स्थित नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी ‘सेती रिभर साइड रिसोर्ट’ सञ्चालन गरिएको विषयमा समाचार प्रकाशन गरेकै कारण पत्रकार ढुङ्गानालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा–३३ का वडा सभापति दिनेश आचार्यले आपत्तिजनक सन्देशमार्फत धम्की दिएको उल्लेख गरिएको छ।
Read full story at source (nepalpress.com)