दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
ratopati.com · Sat Jul 25 15:26:42 GMT 2026

चितवन । दुधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन महिनादेखि बन्द छ। डेरी र सहकारीहरूले ल्याएको दुध प्रशोधन गरेर पाउडर र नौनी उत्पादन गर्दै आएको उद्योग दुध नआएपछि बन्द भएको हो।
उद्योगले डेरी र सहकारीहरूले ल्याएको दुध निश्चित शुल्क लिएर प्रशोधन गर्दै आएको थियो। उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार विगतका वर्षहरूमा असार र साउनमा मात्र दुध अभाव भई बन्द हुने गरेको भए पनि यस वर्ष वैशाखदेखि नै उद्योग बन्द भएको हो। उद्योगमा डेरी र सहकारीले राखेको नौनी र पाउडर दुध सकिने अवस्थामा पुगेको छ। नौनी खासै मौज्दात नरहेको र पाउडर दुध करिब एक हजार बोरा मात्र बाँकी रहेको उनले बताएका छन्।
Read full story at source (ratopati.com)