खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु
lokaantar.com

कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । उनी जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आएका थिए ।
Read full story at source (lokaantar.com)