अनशनरत गोविन्द केसीसँग शिक्षा-सचिवको भेट
nepalnews.com · Sat Jul 25 15:33:05 GMT 2026

धनगढी। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले अनशनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले पौडेल शनिबार धनगढी पुगेका थिए। सचिव पौडेलले आजै डा. केसीसँग सेती प्रादेशिक अस्पतालमै पुगेर भेट गरेका थिए। त्यस क्रममा केसी र त्यसपछि उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आइतबार उनले उठाएका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिए।
Read full story at source (nepalnews.com)