भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
ratopati.com · Sat Jul 25 15:41:56 GMT 2026

झापा । झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज दिउँसो करिब २ः०० बजे लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक विवेक कटुवाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी सहायक निरीक्षक सरोज श्रेष्ठको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–११ शिवालय निवासी २१ वर्षीय विवेक जबेगुलाई पक्राउ गरेको हो।
Read full story at source (ratopati.com)