क्यानडाको ब्राम्पटनमा आज ‘तेस्रो नेपाल फेस्टिभल–२०२६’, खेम सेञ्चुरीसहित चर्चित कलाकारको विशेष प्रस्तुति
aarthiknews.com

काठमाडौं । क्यानडाको ओन्टारियो प्रान्तस्थित ब्राम्पटन सहरमा आज (शनिबार) ‘तेस्रो नेपाल फेस्टिभल–२०२६’ आयोजना हुँदैछ। लालिगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लबको आयोजनामा हुन लागेको फेस्टिभलमा नेपालका चर्चित लोकगायक खेम सेञ्चुरीसहित दर्जनौँ कलाकारले सांगीतिक प्रस्तुति दिने भएका छन्।
नेपाली कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा तथा नेपाली उत्पादनको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाली खानाका परिकार, हस्तकला, व्यवसाय तथा सामाजिक संस्थाका स्टलहरू पनि राखिनेछन्।
Read full story at source (aarthiknews.com)