योजना बैंकदेखि प्रशासनिक पुनर्संरचनासम्म सुधारका थालनी गर्दै बिदा भए कँडेल
baahrakhari.com · Sat Jul 25 15:42:36 GMT 2026

सुर्खेत । करिब दुई वर्ष तीन महिनासम्म कर्णाली प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार (साउन ९) पदबाट राजीनामा दिए । नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दर्ता गराएको अविश्वास प्रस्तावमाथिको छलफल सुरु हुनुअघि प्रदेशसभामा सम्बोधन गर्दै उनले मुख्यमन्त्रीबाट बाहिरिएको घोषणा गरेका थिए ।
०८० चैतमा मुख्यमन्त्री नियुक्त भएका कँडेलले सुरुमा तत्कालीन नेकपा (माओवादी केन्द्र)को समर्थनमा सरकार गठन गरेका थिए । ०८१ साउनदेखि कांग्रेससँगको गठबन्धनमा सरकार सञ्चालन चलाए । पछिल्लोपल्ट राजनीतिक समीकरण फेरिएपछि अविश्वास प्रस्तावको सामना गर्नुभन्दा अघि नै उनी पदबाट बाहिरिएका हुन् ।
Read full story at source (baahrakhari.com)