टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
ratopati.com · Sat Jul 25 16:05:12 GMT 2026

चितवन । चितवनमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६ का ३५ वर्षीय मनोज पराजुली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पराजुलीको उपचारका क्रममा चितवन मेडिकल कलेज (सिएमसी) मा मृत्यु भएको हो। शुक्रबार दिउँसो ३:३० बजे भरतपुर महानगरपालिका–३ पुल्चोकमा गैँडाकोटबाट आउँदै गरेको ग १ क ४८८१ नम्बरको टिपरले पैदल हिँडिरहेका पराजुलीलाई ठक्कर दिएको थियो।
Read full story at source (ratopati.com)