दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
nepalnews.com · Sat Jul 25 16:37:22 GMT 2026
चितवन। दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन महिनादेखि बन्द छ। डेरी र सहकारीहरूले ल्याएको दूध प्रशोधन गरेर पाउडर र नौनी उत्पादन गर्दै आएको उद्योग दूध नआएपछि बन्द भएको हो।
उद्योगले डेरी र सहकारीहरूले ल्याएको दूध निश्चित शुल्क लिएर प्रशोधन गर्दै आएको थियो। उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत वर्षमा असार र साउनमा दूधको अभावमा बन्द हुने गरेको भए पनि यस वर्ष वैशाखबाट नै उद्योग बन्द भएको हो।
Read full story at source (nepalnews.com)