नेपाल एसियन गेम्स पुरुष ट्वान्टी–२० छनोट प्रतियोगिताको फाइनलमा
kendrabindu.com · Sun Jun 07 04:24:07 GMT 2026
काठमाडौं । नेपाल एसियन गेम्स पुरुष ट्वान्टी–२० छनोट प्रतियोगिताको फाइनलमा पुगेको छ । सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले आइतबार ओमानलाई सेमिफाइनलमा ८ विकेटले पराजित गर्यो ।
टस जितेर ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमा अलआउट भएको थियो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई सुरुआतमै गुमाए पनि जबाफमा आएको नेपालले ९.२ ओभरमै लक्ष्य पुरा गर्यो । भुर्तेल ८ बल खेली ३ चौका र १ छक्कासहित २० र आसिफ १ रन बनाई दोस्रो ओभरमा ३ बलको अन्तरमा आउट भए ।
Read full story at source (kendrabindu.com)