खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो
emountaintv.com · Fri Jul 24 12:31:59 GMT 2026
काठमाडौं ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकको दक्षिणी सीमा क्षेत्रमा खुला सीमानाका कारण सिर्जित विविध सुरक्षा चुनौतीहरू सम्बोधन गर्न प्रहरी सक्रियतापूर्वक परिचालित रहेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आफ्नो धारणा राख्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा, संगठित अपराध र पछिल्लो समय बढ्दै गएको डिजिटल ठगीका विषयमा गम्भीर चासो व्यक्त गर्नुभएको हो । महानिरीक्षक कार्कीकाअनुसार १ हजार १०४ किलोमिटर लामो दक्षिणी सीमा क्षेत्रमा नागरिकको सुरक्षाका लागि प्रहरीका ३ सय ६ वटा इकाइहरू परिचालित छन् । यसमा स्थायी युनिटका साथै नागरिकको सुरक्षार्थ स्थापना गरिएका अस्थायी प्रहरी चौकीहरू समेत समावेश छन् । सीमावर्ती क्षेत्रका बासिन्दाको सुरक्षा र प्रहरीसम्मको सहज पहुँच सुनिश्चित गर्न यी इकाइहरूले महत्वपूर्ण भुमिका खेलिरहेको उहाँले उल्लेख गर्नुभयो ।
Read full story at source (emountaintv.com)