गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
ratopati.com · Sat Jul 25 17:44:55 GMT 2026

झापा । कमल गाउँपालिका–५ र ६ को सीमावर्ती मङ्गलबारे बजार पूर्व काँटा चोक नजिक रहेको गेउरिया खोलामा पक्की पुल निर्माण हुँदा वर्षायाममा स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको आवागमनको सास्ती हटेको छ ।
यसअघि उक्त स्थानमा रहेको कजवे (होचो) पुलबाट आवतजावत हुँदै आएको थियो । तर बर्खायाममा खोलाको बहाव बढ्ने बित्तिकै कजवे डुबानमा पर्दा सवारीसाधन सञ्चालन बन्द हुने र स्थानीयवासीलाई दैनिक आवागमन, कृषि उपज ढुवानी, विद्यार्थीको विद्यालय आवतजावत तथा बिरामीलाई अस्पताल लैजानसमेत कठिनाइ हुने गरेको थियो ।
Read full story at source (ratopati.com)