डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
ratopati.com · Sat Jul 25 18:31:36 GMT 2026

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्तिसम्बन्धी डा गोविन्द केसीले उठाएका विषय प्रष्ट पार्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
सङ्घर्ष समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै गोदावरी नगरपालिका–५ कैलालीमा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालयबारे नकारात्मक टिप्पणी र अफवाह फैलिँदा अन्योल बढेको भन्दै डा. केसीका मागबारे प्रष्ट पार्न आग्रह गरेको हो । विशेषगरी उपकुलपति तथा रजिष्ट्रारको नियुक्ति चिकित्सा शिक्षा ऐन, २०७५ को प्रतिकूल भएको भन्ने आरोपले विश्वविद्यालय सञ्चालनबारे अन्योल सृजना गरेको विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (ratopati.com)