ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा
corporatenepal.com · Sun Jun 07 04:30:12 GMT 2026
काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको छ। आइतबार सम्पन्न सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो।
सिंगा ओभल मैदानमा भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले मात्र ९.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा लोकेश बमले अविजित ४४ रनको महत्वपूर्ण योगदान दिए भने कप्तान रोहित पौडेल २१ रनमा नटआउट रहे। प्रारम्भिक चरणमा कुशल भुर्तेलले २० रन जोडे भने आसिफ शेखले १ रन बनाए।
Read full story at source (corporatenepal.com)