मानवअधिकार आयोगलाई रमेश लेखकको पत्र– म कसरी मानवअधिकार उल्लंघनकर्ता ?
shilapatra.com · Sun Jun 28 14:23:48 GMT 2026

तत्कालीन गृहमन्त्री रमेश लेखकले मानवअधिकार आयोगसँग जेन–जी आन्दोलन प्रतिवेदन माग गरेका छन् । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका सन्दर्भमा आफूलाई मानवअधिकार उल्लंघन गरेको भन्ने आयोगको प्रतिवेदनप्रति आपत्ति जनाउँदै निर्णय माग गरेका हुन् ।
उनले आफूले के कति कारणले मानवअधिकार उल्लंघन गरेको हो भन्ने चासोसमेत राखेका छन् । ‘म निवेदकले मानवअधिकार उल्लंघन गरको भनी आयोगले गरेको उपरोक्त निर्णयप्रति मेरो असहमति रहेको छ । के कस्तो आधार ग्रहण गरी मलाई मानवअधिकार उल्लंघनकर्ताको संज्ञा प्रान गरियो भन्ने कुराको समष्टिगत जानकारी प्राप्त गरी मानवअधिकारसँग सम्बन्धित सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरम समेतमा आफ्नो पक्ष प्रस्तुत गर्न र आफ्नो पक्ष सार्वजनिक गर्न साथै,’ लेखकले आयोगमा पठाएको पत्रमा भनिएको छ ।
Read full story at source (shilapatra.com)