भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
baahrakhari.com · Sun Aug 30 04:01:00 GMT 2026

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ७३४ पुगेको छ । आइतबार (भदौ १४) बिहान ९ बजेसम्म ७३४ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सबैभन्दा धेरै शव चितवनमा भेटिएको छ । रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १८४, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ८२, तनहुँमा ३६ र चितवनमा २५९ (विभिन्न मानव अंगसहित) शव फेला परेको प्राधिकरणले जनाएको छ ।
Read full story at source (baahrakhari.com)