भोटेकोशी बाढीः ७३४ को मृत्यु, दुई हजार ४९८ सम्पर्कविहीन
gorkhapatraonline.com · Sun Aug 30 04:08:07 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य जारी रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजेसम्मको अपडेट सार्वजनिक गर्दै बाढीबाट ठुलो मानवीय क्षति भएको जनाएको छ।
प्राधिकरणका अनुसार विभिन्न जिल्लामा गरी ७३४ जनाको शव फेला परेको छ। सबैभन्दा धेरै मानवीय क्षति चितवनमा भएको छ भने नवलपरासी पूर्व, गोरखा, धादिङ, नुवाकोट, रसुवा, तनहुँ र नवलपरासी पश्चिममा समेत ठुलो क्षति भएको छ।
Read full story at source (gorkhapatraonline.com)