चीनद्वारा नेपाललाई ५० टन राहत सामग्री सहयोग : दुईवटा सैन्य विमान काठमाडौँमा
ratopati.com · Sun Aug 30 04:13:42 GMT 2026

काठमाडौँ । विनाशकारी बाढी र पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति बेहोरिरहेको नेपाललाई सहयोग गर्न चीन सरकारले आपतकालीन राहत सामग्री र विशेषज्ञ टोली पठाएको छ। चिनियाँ वायुसेनाका दुईवटा 'वाई–२०' सैनिक विमान आज बिहान ७ बजे काठमाडौँ अवतरण गरेका हुन्।
विमानस्थलमा आयोजित एक विशेष समारोहका बीच नेपालका लागि चिनियाँ राजदूत जाङ माओमिङले ती राहत सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण गरे। सामग्री बुझ्न नेपाल सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र संघीय संसदका सदस्य धर्म केसी विमानस्थल पुगेका थिए। सो क्रममा उनीहरूले चिनियाँ उद्धार विज्ञहरूलाई स्वागत समेत गरेका थिए ।
Read full story at source (ratopati.com)