काभा च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै
himalpress.com · Sun Jul 26 00:32:03 GMT 2026
काठमाडौँ- इस्लामावादमा जारी जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेलैछ। नेपाल पहिलो जितको खोजीमा हुनेछ। लगातार तेस्रो हार बेहोरेको नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ।
शुक्रबार नेपालले घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजय बेहोर्यो। पाकिस्तानसामू नेपाली टोली निरीह बन्यो। पाकिस्तान २५–१४, २५–१८, २५–१० को सेटमा विजयी भयो। यसअघिका खेलमा नेपाल क्रमशः काजकिस्तान र श्रीलंकासँग समान ३–२ सेटको नतिजामा पराजित भएको थियो।
Read full story at source (himalpress.com)