नयाँ प्रणालीबाट राहदानी : सुधार गर्दै अगाडि बढ्दै
barnanmedia.com · Sun Jul 26 00:41:37 GMT 2026

नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विद्युतीय राहदानी व्यवस्थापन तथा छपाइ कार्य सुधार हुँदै अगाडि बढेको छ । गत असार २९ गते फ्रान्सेली कम्पनीको प्रणालीबाट नयाँ जर्मनी प्रविधि र प्रणालीमा स्थानान्तरण भएको हो । नयाँ राहदानी लिने सेवाग्राहीको चाप बाक्लिँदै गएको छ । यस्तोमा नयाँ प्रणाली सुधारमुखी हुँदा सेवाग्राहीले केही असहज महसुस गरेका छन् । राहदानी सेवा प्रवाहलाई जनमुखी, सरल र सहज बनाउन सरकारले हदैसम्मको प्रयास गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “राहदानीलाई सहज बनाउन सरकारका तर्फबाट मन्त्रालय प्रतिबद्ध छ, ७७ जिल्ला, छ इलाका र विदेशी नियोग सबैतिरबाट नियमित सेवा छिटो गराउन लागिपरेका छौँ ।” परीक्षणकालमा देखिएको प्राविधिक समस्या समाधान गर्न दिनरात नभनी लागिपर्दै बढेको भिड कम गराउने गरी सेवा दिने प्रयासमा रहेको जानकारी उहाँले दिनुभयो । नयाँ प्रविधिमा गएसँगै हालसम्म आठ हजार २६० राहदानी छपाइ भएर वितरण भएको मन्त्रालयले जनाएको छ । उहाँका अनुसार एक सयप्रति हुँदै अहिले दैनिक १३ सयप्रति छपाउन सक्ने क्षमतामा पुगेको छ ।
Read full story at source (barnanmedia.com)