अनसनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, स्लाइन लिन अस्वीकार
kendrabindu.com · Sun Jul 26 01:09:00 GMT 2026

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा. गोविन्द केसीले ग्लुकोज तथा स्लाइन लिन अस्वीकार गरेका छन् । डा. केसीलाई मांसपेशी बाँउडिने, अत्यधिक कमजोरीका कारण बोल्न र हिँड्डुल गर्न समेत कठिनाइ भएको छ ।
डा. केसीले उपचार गराउन अस्वीकार गरेका धनगढीस्थित सेती प्रादेशिक अस्पतालले शनिबार (साउन ९) जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केसीको स्वास्थ्य अवस्था जटिल बनेकाले आईसीयूमा भर्ना गरी विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
Read full story at source (kendrabindu.com)