अनसनरत केसी र सरकारबीच आज संवाद हुँदै
himalpress.com · Sun Jul 26 01:04:18 GMT 2026

काठमाडौँ- धनगढीमा अनसररत प्रा.डा. गोविन्द केसीसँग सरकारका प्रतिनिधिले आइतबार औपचारिक संवाद गर्ने भएका छन्। शनिबार शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले डा. केसीसँग सहमतिका लागि अनौपचारिक संवाद भएको बताए। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले पौडेल शनिबार दिउँसो धनगढी पुगेका थिए।
सचिव पौडेलले शनिबार साँझ डा. केसीसँग भेटवाट गरेका छन्। डा. केसी उपचाररत सेती प्रादेशिक अस्पताल पुगेर कुराकानी गरेका हुन्। त्यस क्रममा डा. केसी र त्यसपछि उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको पौडेलले बताए। आइतबार केसीले उठाएका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिए।
Read full story at source (himalpress.com)