धर्मेन्द्र प्रधानको राजनीति: पहिले प्रश्नपत्र लिकविरुद्ध प्रदर्शन, अहिले राजीनामा !
annapurnapost.com · Sun Jul 26 00:58:20 GMT 2026

सन्दीप साहु / बीबीसी हिन्दी : धमेन्द्र प्रधान कुनै समय आफैं प्रश्नपत्र लिकविरुद्ध प्रदर्शन गर्दा प्रहरीको लाठी प्रहारबाट घाइते भएका थिए, आज अर्को प्रश्नपत्र लिकका कारण उनले राजीनामा दिनुपरेको छ। यही मागलाई लिएर अहिले छात्र–छात्रा प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन्।
यस घटनाको २९ वर्षपछि २० जुलाई, २०२६ मा प्रधानको राजीनामाको माग गर्दै संसद्तर्फ मार्च गरिरहेका विद्यार्थी तथा युवाहरूमाथि प्रहरीले लाठीचार्ज गर्दा कैयौं प्रदर्शनकारी घाइते भएर अस्पताल भर्ना भए। प्रदर्शनमा सहभागी भएका प्रशान्त राउतले बीबीसीसँग कुराकानी गर्दै यस घटनाको पुष्टि गरे।
Read full story at source (annapurnapost.com)