विश्वकपका चर्चित गोलकिपर भोजिन्हा चिलीको कोलो कोलो क्लबमा अनुबन्धित
shilapatra.com · Sun Jul 26 01:08:00 GMT 2026
फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा आएका केप भेर्डेका गोलकिपर भोजिन्हा चिलीको प्रतिष्ठित फुटबल क्लब कोलो कोलोमा अनुबन्धित भएका छन् ।
४० वर्षीय भोजिन्हाले विश्वकपमा स्पेन र अर्जेन्टिनाजस्ता बलिया टोलीविरुद्ध उत्कृष्ट बचाउ गर्दै सबैको ध्यान आकर्षित गरेका थिए । कोलो कोलो क्लबले सामाजिक सञ्जालमार्फत उनको स्वागत गर्दै छिट्टै चिली पुगेर स्वास्थ्य परीक्षणपछि औपचारिक रूपमा सार्वजनिक गरिने जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उनीसँग १८ महिनाको सम्झौता भएको छ ।
Read full story at source (shilapatra.com)