बानेश्वरको पुरानो संसद् भवन मर्मत गरेर सञ्चालन गर्न नसकिने निष्कर्ष, पुनर्निर्माणको तयारी
aarthiknews.com

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (पुरानो संसद् भवन) मर्मत गरेर पुनः सञ्चालन गर्न नसकिने निष्कर्ष सरकारी अध्ययनले निकालेको छ। प्राविधिक टोलीले भवनको संरचनात्मक अवस्था र प्रचलित भवन संहिताको अध्ययनपछि पुनर्निर्माण नै उपयुक्त विकल्प रहेको निष्कर्ष दिएको हो।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले आगलागीपछि भवनको प्राविधिक परीक्षण गरेको थियो। विभागका उपमहानिर्देशक प्रकाश अर्यालका अनुसार भवनको मूल संरचना अहिलेको भवन संहिताअनुसार उपयुक्त नदेखिएकाले ‘रेट्रोफिट’ गरेर सञ्चालनमा ल्याउन कठिन हुने देखिएको छ।
Read full story at source (aarthiknews.com)