भानुभक्तको शालिक तोडफोडको आरोपमा पक्राउ
nepalpress.com · Sun Jul 26 02:00:20 GMT 2026

काठमाडौँ । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगंजवासी खड्कबहादुर थापाको शालिक तोडफोड गरी क्षति पु¥याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
कार्यालयका अनुसार साउन ७ गते राति भएको घटना अनुसन्धान क्रममा व्यास नगरपालिका–७ तनहुँका स्थायी बासिन्दा हाल लमजुङमा बस्दै आएका २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरिएको हो ।
Read full story at source (nepalpress.com)