भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
newspolar.com · Sun Jul 26 02:11:21 GMT 2026

काठमाडौँ। लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरी क्षति पुर्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
उक्त कार्यालयका अनुसार यही साउन ७ गते राति भएको उक्त घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका–७ तनहुँका स्थायी बासिन्दा हाल लमजुङमा बस्दै आएका २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरिएको हो ।
Read full story at source (newspolar.com)