भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी
kendrabindu.com · Sun Jul 26 02:16:09 GMT 2026

काठमाडौं। भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीको सिफारिसमा स्वीकृत गरेकी हुन्।
राष्ट्रपति भवनद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा प्रल्हाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। जोशीले हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन्।
Read full story at source (kendrabindu.com)