फ्रान्स र स्पेनमा भीषण डढेलोः ३ लाखभन्दा बढी मानिस विस्थापित, आपतकाल घोषणा
nepalviews.com · Sun Jul 26 02:16:29 GMT 2026

एजेन्सी । फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण ३ लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन्। अत्यधिक गर्मी र तेज हावाका कारण डढेलो नियन्त्रण बाहिर गएपछि दुवै देशका प्रभावित क्षेत्रमा ठुलो मानवीय सङ्कट उत्पन्न भएको छ। स्पेनले डढेलो प्रभावित क्षेत्रमा आपतकाल घोषणा गरेको छ भने फ्रान्सले पनि सेना परिचालन गरी उद्धार तथा नियन्त्र णको काम तीव्र पारेको छ।
फ्रान्सको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने जिरोण्डे (Gironde) र ल्यान्डेस (Landes) क्षेत्रमा मात्रै करिब २ लाख ५० हजार मानिसहरूलाई सुरक्षित स्थानमा सार्न आदेश दिइसकेको छ। तीव्र हावाका कारण डढेलो फ्रान्सको प्रमुख सहर बोर्डो तर्फ लम्कँदै गएको छ। डढेलोले आफ्नै किसिमको शक्तिशाली हावा र आँधीबेहरी सिर्जना गरेकाले यसलाई नियन्त्रण गर्न अत्यन्तै अनियन्त्रित र कठिन भएको फ्रान्सेली अग्निनियन्त्रक क्याप्टेन निकोलस ब्राजले बताएका छन्।
Read full story at source (nepalviews.com)