देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ
nepalviews.com · Sun Aug 30 04:29:06 GMT 2026

काठमाडौं । नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्याएको छ । कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै आँखाअगाडि वर्षौँको मेहनतले बनाएको संसार पानीको भेलसँगै बगेको छ । विपत्तिको यो घडीमा पीडितका लागि हरेक क्षण भारी बनेको छ । यस्तो अवस्थामा हामीले आफूलाई मात्र होइन, आफ्नो समाज र आफ्नो देशलाई सम्झनुपर्ने समय आएको छ । संकटका बेला राज्यको प्रयाससँगै नागरिकको साथ र सहयोग पनि उत्तिकै आवश्यक हुन्छ ।
हामीमध्ये धेरैजना सायद दुई दिनअघिसम्म आफ्नै संसारमा रमाइरहेका थियौँ । सामाजिक सञ्जालमा हाँसो थियो, मनोरञ्जन थियो, उत्सव थियो । जीवन आफ्नै गतिमा चलिरहेको थियो । तर एकाएक आएको बाढीले त्यो रंगमञ्चको पर्दा झारिदियो । हिजोसम्म रमाइलो लागिरहेको संसार आज कसैका लागि अँध्यारो बनेको छ । कसैको घर छैन, कसैको परिवार छैन, कसैसँग फर्केर जाने ठाउँ छैन । हामीलाई लाग्थ्यो जीवन यस्तै चलिरहन्छ, तर प्रकृतिले एकै झट्कामा सम्झाइदियो—हामी कति असहाय छौँ ।
Read full story at source (nepalviews.com)